सामुहिक लगानी र यस्को चुनौती हरु /

Author Profile: हेम राई

This author has published 3 articles so far. More info about the author is coming soon.
User Rating:  / 0

वास्तवमा भन्ने हो भने बिभिन्न समुहहरुमा छरिएर रहेको लगानी लाई एक्त्रित रुप मा जम्मा गरी समुह मा गर्ने लगानी नै सामुहिक लगानी हो /यसै को अवधारणा अनुसार नै बर्तमान एन आर एन अण्तरास्टिय समन्य   परिषदले पनि देशबाहिर छरिएर रहेका गैरआवसिय  नेपालीहरुलाई मुलुक भित्र बिभिन्न क्षेत्र अन्तर्गत लगानी को लागि आवहान् गरेको छ जुन देश बिकास को लागि एक कोशे  ढुङ्गा साबित हुने मा बिमती रहन्न ///

यसरी आउने दिनहरुमा नेपाल को बिभिन्न क्षेत्र अन्तर्गत लगानी गर्ने सोच का साथ आएका एन आर एन हरुको कार्यक्रम अन्तर्गत पहिलो चरण्मा भने यस्ले जल बिद्युत क्षेत्र Hydro Power लाई छानेको छ /

साधारण भाषा मा बुझ्ने हो भने कुरा सरल छ देशलाई आर्थिक उन्नती तर्फ लाने साथै यस् मा लगानी गर्ने सम्पूर्ण गैरआवशिय नेपालीहरुको आर्थिक प्रगती पनि/ बर्तमान सन्दर्भ लाई मध्य नजर गर्दा के पायिन्छ  भने नेपाल भित्र मा नै करिब् २० बर्षा सम्म यहाँ उत्पादान भएको बिद्युत खपत गर्ने बजार  छ त्यस पछी पनि यहाँ  उत्पादित बिद्युत लाई बिभिन्न प्रसारण् लाइन मार्फत दुई बिशाल मुलुक हरु चीन अनी भारत को बजारहरुमा पुराई आर्थिक लाभ लिने  सम्भावना त्यती नै  मात्रा मा पनि छ् /

यसो हुँदा हुँदै पनि यस्का निम्न चुनौती हरुलाई भने नकार्न मिल्दै न -

१ प्रोजेक्ट र सन्चालन स्थान को पुर्व निस्चित नगरिनु -

वास्तव मा कुनै पनि निर्माण कार्य गर्दा होस् वा  काम को थालानी गर्दा होस् सूरुमा अध्ययन गरिनु पर्ने सामान्य बिषयहरु भनेको   यस्को कुल लागत खर्च ,बन्ने स्थान ,स्थान को बारेमा अध्ययन आदी हुन /फेरी देश करिब् करिब् प्रान्तिय ढाचा  मा प्रबेश गरी सकेको अवस्था मा यसरी स्थान अनी क्षेत्र को नै निस्चित नहुनु ले भोली बिबाद को भुमरी मा नफस्ला भन्न सकिदैन /देश बिभिन्न प्रान्तहरुमा बिभाजन् भै सकेको अवस्था मा सबैले नयाँ बन्ने प्रोजेक्ट हरुलाई आफ्नो क्षेत्र अनी ठाउँ मा नै लैजाने  कसरत मा जुट्न सक्ने हुन सक्छ  जुन अवासभाबिक र अमरयादित पनि हुन सक्छ, मुख्य कुरा त प्रान्तिय सरकार मा आआफ्नो प्रान्त को  स्थानिय   नियम तथा कानुन रहने हुनाले भोली के हुने अहिले नै जोतिशी ले झै निछोडमा पुगी हाल्नु सकिन्न /

२ बर्तमान नेपाल को लगानी एन तथा यस् बाट उब्जन्न सक्ने सवाल हरु-

नेपाल को सरकार बन्ने अनी ढल्ने क्रम सँगसंगै यहाँ को हरेक निती नियम मा परिवर्तन आउने गर्दछ / तसर्थ, हालको सरकार सँग गरेको काम कुरा को लेखा जोखा को जिम्मेवार भोली को सरकार ले पनि पूर्ण रुप मा पालना गर्छ नै भन्ने छैन/ त्यसमा पनि नेपाली लगानी कोश, धितो पत्र बोर्ड, नेपाल शेयर बजार ले गैरआवसिय नेपाली को बारेमा आज को मिती सम्म कुनै बिशेष निति नियम बनाइ कार्यबन् पक्ष मा लगि नसकेको, सम्पूर्ण कागजी प्रकृया मा नेपाली नागरिकता को प्रचलन साथै  साधारण तया कुनै पनि कम्पनी खोली सन्चालन भै सकेको एक बर्ष भित्र मा सर्व साधारण नेपाली हरुलाई त्यस कम्पनी को साधारण शेयर जारी गरी सक्नु पर्ने वा यस् को लागि आवहाँन गरिनु पर्ने हुन्छ तर यहाँ नेपाल मा नै रहेका नेपाली हरुलाई पनि यस् कम्पनी को हिसेदार बनाउने बारेमा कुनै कुरा खोलिएको पाइन्न जुन नेपाल लगानी एन को खिलाफ छ /

३ संचालक समिति र यस्को ब्यास्थापन् -

मुख्य रुप मा कम्पनी लाई कुन दिशा तर्फ लाने भन्ने कुरा यस्मा रहेको संचालक समिति को सद्स्य हरुको खुबी अनी नियत मा  निर्भर रहने हुन्छ / यस्को उधारण्  हामी आफ्नै देश भित्र प्रसस्त देखन अनी सुन्न पाउछौ -जस्तो कि कुनै पनि सरकारी समित्व भएको कल कारखाना, उधोग अनी त्यस को तुलना मा निजी क्षेत्र बाट सन्चालित अन्य ब्याब्सायहरु/ यसरी तुलना गर्दा हामी आकाश जमिन को फरक पाउछौ ,जस्तो कि- निजी क्षेत्र बाट सन्चालित बुद्ध एअर र नेपाली रास्टिय धोजा बाहक बिच को फरक, त्यती मात्रै कहाँ हो र  निजी क्षेत्र भित्र पनि तपाईं ले बीभिता   महसुस गर्नु  हुनेछ जस्तो  एऔटा साधारण मानिस ले केही समय पहिला रु सय मा खरिद गरेको चिलिमे हाइड्रो पावर को शेयर को मुल्य बढेर अहिले ८००  सय देखी ९०० सय को हाराहारी मा छ भने सोही   समयमा अर्को मानिस् ले लिएको नेस्नल ह्यड्रो पावर को शेयर मुल्य भने साबिक को भन्दा कम् दर मा गिरेको छ/ यि सबै कुरा हरुको पछाडि यस् का संचालक समितिमा रहेका पदाधिकरी हरुको असल अनी खराब नियत को उपज  रहदै आएको छ  /

४ सामुहिक लगानी र एन आर एन को भूमिका -

अहिले एन आर एन को प्लेट फोर्म मार्फत विश्व भरी छरिएर रहेका नेपाली हरुलाई लगानी को लागि आवहाँन तथा प्रचार प्रसार गरिदैछ तर लगानी पस्चात को जिम्मेवार भने एन आर एन सस्था ले नलिने निति अगाडि सारेको छ/ यदी एन आर एन ले लगानी को जिम्मा लिदैन भने उस्को प्लेट फोर्म मार्फत लगनी को लागि आवहाँन गर्नु पनि बेकार छ ! तसर्थ यहाँ एन आर एन को केही हद सम्म को भूमिका अनिवार्य रहनु पर्ने  देखिन्छ , धेरै नेपालीहरुले एन आर एन को आड अनि भरोशा मा नै लगानी गर्ने पक्का पक्की छ् ,,,,,,मोही माग्ने धुङ्रो लुकाउने ? यो त अलिक हजम भएन कि !   

 ५  कानुनी उपचार् मा सम्स्या -

गैर आवशिय नेपालीहरुले सन्चालन गर्ने प्रोजेक्ट भने पछी यस् मा लगानी गर्ने देखी यस् का संचालक समिति हरुको छनौट मा पनि गैर आवशिय नेपाली हरु रहने पक्का पक्की छ /भोली पूर्ण रुपमा कम्पनी लाई हानी पुराइ वा आर्थिक घोटला गरी निज ब्याक्ती नेपाल बाहिर आफु ले नागरिकता लिएको  देश तिर भागेमा उस्लाई कुन देश को नियम र कानुन अन्तर्गत कारबाही गर्ने ? यहाँ देश नै पिछे को आआफ्नो नियम ,कानुन को ब्यास्था गरिएको छ / जस्तो- धेरै जसो   मुलुकहरुमा ठुला ठुला अपराधी हरुलाई आजीवन कारबास को सजाय दिने गरिन्छ त्यसै गरी यहाँ यु ए इे को कानुन अनुसार त झन मृत्‍यु दन्ड् नै हुने गर्दछ ,,, अफ्सोच  नेपाल मा भने त आर्थिक छल खेल मा केही बर्षा मा नै अपराधी छुट्ने सम्भावना रहन्छ / अर्को उदाहरण-  कुनै एक नेपाली ले अमेरिका का को  नागरिकता लिए पछी  ऊे कानुनी हैसियत मा त्यही को नागरिक हुन्छ र नेपाल सरकार ले चाहिएको बेला मा निज ब्याक्ती लाई सुपुर्दगी नगर्न पनि सक्छ अनी भएन फसाद /

 

अन्त्य मा भन्नु पर्दा रोपदा नै फल्ने हो,,,, यस् मा कुनै सन्खा छैन ,अर्को शब्द मा भन्दा नरोपी फल्दै न तर रोपनु चाँही माटो मा नै पर्छ/// यदी गलत ठाउँ मा परो भने चाँही फल्ने ,फुल्ने होइन कि तपाईंले  जोहो गरेको बिज को पनि नाश हुन सक्छ नि !!!

 तसर्थ गाडी स्टार्ट भै सकेको छ,,,,,,,, चढ्नु भन्दा पहिला राम्रो सँग गाडी को कन्डिशन ,पानी ,पेट्रोल ,टायर् आदी चेक् गर्नु  होला ………..तपाईं अवश्य आफ्नो गन्तब्य मा पुग्नु हुन्छ /होइन भने होला नि सिधै कृष्ण भिर बाट तल सिधै त्रिसुली मा झ्याम्मा  ,,,,,,,,,,,,,,

 

क्रमस ....       

         

                     

 

खाडीमा पत्रकारिताको विकास

Author Profile: Khem Paudyal

This author has published 28 articles so far. More info about the author is coming soon.
User Rating:  / 0


सन् २००३ मा जव म साउदी अरबको एक उजाड मरुभूमी उधेलिया भन्ने ठाउँमा पुगे । लगभग १५ सय नेपालीहरु रहेको उक्त मरुभूमिमा नेपालको खवर थाहा पाउन हप्तौ कुर्नुपर्ने अवस्था थियो । अनलाईन पत्रिकाले विस्तारै बामे सर्दै गरेको अवस्थामा अफिसमा काम गर्ने नेपालीदाजुभाइहरुले अनलाईनबाट पत्रिका पि्रन्ट गरेर ल्याएमात्र नेपालको खवर थाहा हुने । यस्तो अवस्थामा हामी अफिसमा काम गर्ने साथीहरु मिलेर पहिलो पटक साउदी अरबमा चौतारी पाक्षिख खवर पत्रिका २०६० सालको बैषाखमा साउदी अरबका कृयाशिल पत्रकार सागर श्रेष्ठ र म आफै मिलेर सुरु भयो । साउदी अरबमा यो भन्दा पहिला नेपाली माच माशिक पत्रिका निस्किन्थ्यो भने रियादमा साथीहरु साप्ताहिक पत्रिका निकाल्दै थिए । विस्तारै चौतारी खवर पत्रिकाले साउदी अरबका अन्य स्थानमा पनि नेापलीहरुको माझमा पुग्न सफल भयो । अनी चौतारी समूह नेपाल नामक संस्थाको मातहतमा यो पत्रिका करिव ३ बर्ष लगातार प्रकाशन भयो । लगात्तै साउदी अरबबाट सागर श्रेष्ठ र म आफै भएर प्रवासी नेपाली डट् कम् अनलाईन पत्रिका सुरु गरियो सन् २००४ तिर । साउदी अरबमा पहिलो पटक अनलाईन पत्रिका थियो भने खाडीमा भर्खरै अनलाईनको सुरुवात भएको थियो । २००३ मा पहिलो पटक नेपाल जापान डट्कम्को सुरुवात भएयता उक्त अनलाईनमा समाचार प्रकाशन हुँदा मेरो खुशीले सिमा नाघेको थियो । समय परिवर्तन संगै अनलाईन पत्रिकाको विकासको फड्को मार्न सफल भयो । नेपाल अरब डट कम् यस्तै धेरै अनलाईन साईटहरु अहिले गाडीबाट साचालन छन् ।
२००६ को अगष्टमा दुवई भित्रदा पत्रकारिताको क्षेत्रमा एक्लै हुने भए भनेर सोचिरहेको थिए । यूएईबाट कलम चलाउने जाकिर हुसेन छत्र लामा लोकनाथ सुवेदी जेपी सापकोटा दलविरिसंह बराईली आदीसँग साउदी अरबबाटै परिचित थिए तर प्रत्यक्ष होईन उहाँहरु पनि यतै हुनुहुन्छ भन्ने थाहा थियो । जव म सेप्टेम्वरको १५ तिर किरात राई यायोख्खाले आयोजना गरेको कार्यक्रमको पहिलो समाचार यूएईबाट प्रकाशित भयो अनि बल्ल यूएईसंग मेरो परिचय हुन थाल्यो । मनोज रानामगरसंग साउदी अरबबाट कुराकानी हुन्थ्यो यहाँ आएर भेट हुने मौका मिल्यो । किरातराई यायोख्खाको कार्यक्रममा दामोदर नेपाललाई भेट गर्ने मौका पाए । ख्यालख्यालमै एउटा सोच आयो बालचन्द्र जी मनोजजी र दामोदर जीलाई यो सोच सुनाए र २००७ सालको पहिलो दिन मुसफाहामा भएको नेपाली समाजको एकिकरणको दिनमा देउराली पाक्षिक खवर पत्रिकाको विमोचन गरियो । यो भन्दा पहिला यूएईबाट नेपाली समाचार पत्रिका पाक्षिक माशिक तथा त्रैमाशिक पत्रिकाहरु निस्कन्थे अहिले देउराली करिव १ बर्ष सम्म चलेर बन्द भयो भने नेपाली समाचार पाक्षिक भने निरन्तर चलिरहेको छ । देउराली पाक्षिक पत्रिका साचालन गर्दा हामीहरु मुसाफाहका प्रत्येक क्याममा पुग्ने गर्दथेउ । अनलाईन त्यतिबेलासम्म त्यति विकशित भएको थिएन विस्तारै विकशित हुने क्रममा थियो ।
हामी देउराली पाक्षिखका टिमलेनै दुवईबाट एउटा अनलाईन साईट चलाउने विचार गरेउ । मनोज जी र मैले पहिलानै सोच बनाएका थियौ । मनोज जीले नेपालदुवई डट् कम् भनेर ब्लग बनाउनु भाको थियो हामीले नेपालदुवई डट्कमकै नाममा अनलाईन् साचालनमा ल्याउने योजना बनायौ । काम हुँदै थियो दुवईबाट अर्जुन दाहालजीको टिमले ईनेपाली अनलाईन को सुरुवात गर्नु भयो । त्यसपछि नेपालदुवई डट् कमको सुरु भयो । सुरुका दिनमा यि दुई अनलाईन एक अर्कामा प्रतिस्प्रधा जस्तै देखिन्थे । नेपाल दुवई डट् कम सुचारु छ भने ईनेपाली अनलाईन केहि प्राविधिक कारणले बन्द भयो । विचमा आएर नेपालदुवई डट्कममा समस्या उत्पन्न भयो त्यसैले म लगायत बालचन्द्र जी उक्त अनलाईनबाट अलग हुन बाध्य भयो अहिले दामोदर नेपाल जी र मनोज जीले चलाईराख्नु भाको छ ।
 

एआरएन युएई जनचेतना अभियान

के तपाईं वैदेशिक रोजगारका क्रममा युएई आउदै हुनुहुन्छ? वा युएईमा कार्यरत हुनुहुन्छ? युएई सम्बन्धि जानकारीहरु हासिल गर्नुहोस्

एनआरएनए यूएईको महाधिवेशन सम्बन्धी नियमावली